बीवाइडीले पूरा गर्‍यो ६० लाख न्यू इनर्जी भेहिकल उत्पादनको माइलस्टोन

काठमाडौं । चिनियाँ अबोमोबाइल कम्पनी बीवाइडीले आफ्नो न्यू इनर्जी भेहिकलको उत्पादनको ६० लाखको माइलस्टोन पूरा गरेको छ ।

कम्पनीले गत साता न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको उत्पादनमा एतिहासिक उदाहरण बनाउँदै ६० लाख निर्माण पूरा गरेको हो ।

यस रेकर्डले विद्युतीय सवारी उद्योगको विकासमा बीवाइडीको प्रतिबद्धताको निरन्तरता देखाउँछ। बीवाइडीले न्यू इनर्जी भेहिकलको उत्पादन, मात्रै तीन महिनामै ५० लाखदेखि ६० लाख पुर्याउँदै, द्रुत गतिले निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ।

बीवाइडीको डाइनेस्टी, असन सिरिज, डेन्जा, याङवाङ लगायत ब्राण्डहरू बजारमा उपलब्ध छन् । अक्टोबरमा मात्रै बीवाइडीले ३ लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै मासिक बिक्रीमा नयाँ रेकर्ड बनाएको थियो ।

सन् २०१० देखि बीवाइडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधनहरुको विद्युतीकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ। बीवाइडीको विद्युतीय सार्वजनिक परिवहनका साधनहरू अब ७० भन्दा बढी देशको ४०० भन्दा बढी शहरहरूमा संचालनमा छन्।

बीवाइडीले हाल ५८ देशमा २ लाख बढीभन्दा बढी गाडीहरु बिक्री गरिसकेको छ। न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशरुमा महत्त्वपूर्ण उपलब्धी हासिल गरिरहेको छ ।

 

कोप-२८ : नेपालको माग सम्बोधन हुने सम्भावना कति ? Read Previous

कोप-२८ : नेपालको माग सम्बोधन हुने सम्भावना कति ?

पेट्रोलियम पद्धार्थको मूल्य घट्यो Read Next

पेट्रोलियम पद्धार्थको मूल्य घट्यो