काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त संचालक समितिको मंसिर १३ गते बसेको बैठकले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
माइक्रोफाइनान्सले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ५ प्रतिशत कम हो । सो आवमा लघुवित्तले २० प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।