सानिमा बैंकको नयाँ शाखा स्याङ्जाको पुतलीबजारमा

काठमडाौं । सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि उक्त शाखाबाट बैंकिङ कारोबार सुरु गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे ।

वरिष्ठ कलाकार श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका संचालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राज पाण्डेले स्याङ्जामा शाखा स्थापना गरेर बैंकले स्थानीय ग्राहकलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा एटीएम संचालनमा छन् ।

नेप्सेमा दोहोरो अंकको गिरावट, १९० कम्पनीको मूल्य घट्यो Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, १९० कम्पनीको मूल्य घट्यो

फेवातालको मापदण्ड कार्यान्वयन गर्न सहजीकरण समिति गठन Read Next

फेवातालको मापदण्ड कार्यान्वयन गर्न सहजीकरण समिति गठन