नेप्सेमा दोहोरो अंकको गिरावट, १९० कम्पनीको मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको हो । पछिल्ला ३ कारोबार दिनमा नेप्से ३० अंकले घटेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोड घटेर १ अर्ब १ करोडमा सीमित भएको छ ।

बुधबार नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा आइपुगेको छ । यसदिन २८५ कम्पनीको ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर किनबेच भएको छ । आज जम्मा ४२ कम्पनीको सेयर मूल्य बढेकोे छ भने १९० को घटेको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये अन्य बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको सेयर सर्वाधिक किनबेच भएको छ । यसको सवा ६ करोड रुपैयाँको कारोबार भएको छ ।

घट्दो बजारमा पनि आज विजय लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ९.९८ प्रतिशत गुमाएका छन् ।

कालोसूची सम्बन्धी व्यवस्थामा लचकता, अब जमानीकर्तालाई धितो लिलाम अघि राख्न नपाइने Read Previous

कालोसूची सम्बन्धी व्यवस्थामा लचकता, अब जमानीकर्तालाई धितो लिलाम अघि राख्न नपाइने

सानिमा बैंकको नयाँ शाखा स्याङ्जाको पुतलीबजारमा Read Next

सानिमा बैंकको नयाँ शाखा स्याङ्जाको पुतलीबजारमा