डिशहोम फाइबरनेटको सान्दार १२ महिने योजना अफर सार्वजनिक

काठमाडौं । डिशहोम फाइबरनेटले सान्दार १२ महिने योजना अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३०० एमबीपीएस सम्मका प्याकेजहरू जडान गर्न सक्नेछन् ।

जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन् ।

कम्पनीले यसअघि सार्वजनिक गरेको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ । नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६८५ रुपैयाँ (भ्याट बाहेक)मा जडान गर्न सक्नेछन । साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी (डुअल ब्यान्ड) राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ । ५० एमबीपीएसको २४ महिने अफरको मूल्य रु १० हजार ४९९ (भ्याट बाहेक) रहेको छ ।

एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप Read Previous

एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप

कर्णालीका ५ जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्दै प्राधिकरण Read Next

कर्णालीका ५ जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्दै प्राधिकरण