एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप

काठमाडौं । दूरसंचार सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता मलेसियाको आजियाटा ग्रुप बर्हार्ड बाहिरिने घोषणा गरेको छ ।

कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बेचेर बाहिरिने जानकारी दिएको हो । एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर नेपाली मूलका व्यवसायीको सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ।

आजियटाले ७ वर्ष अघि युरोपियन टेलिकम कम्पनी टेलिया सोनेरासँग एनसेलको सेयर किनेको थियो । नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण  हुँदै गएकाे भन्दै आजियटा बाहिरिने निष्कर्षमा पुगेको हो ।

नेपालको अवस्था चुनौतीपूर्ण रहेको, व्यवसाय विस्तार हुन नसकेको, आम्दानी निरन्तर घट्दै गएकाले बाहिरिने निर्णयमा पुगेको कम्पनीले जनाएको छ ।

आजियटाको सेयर नेपाली साझेदाहरुले नै किन्ने जनाइएको छ । यद्यपि, यसबारे कम्पनीले केही जानकारी गराएको छैन ।

पछिल्ला वर्षहरुमा एनसेलको व्यापार लगातार गिरावट आइरहेको छ । २०१९/२० मा ४६ करोड ८७ लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२०/२१ मा ४० अर्ब ४२ करोड, २०२१/२२ मा ३९ अर्ब ७२ करोड र सन् २०२२/२३ मा घटेर। ३७ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।

नेपाली दूरसंचार बजारमा एनसेलको बजार हिस्सा झन्डै आधा रहेको छ ।

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय Read Previous

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

डिशहोम फाइबरनेटको सान्दार १२ महिने योजना अफर सार्वजनिक Read Next

डिशहोम फाइबरनेटको सान्दार १२ महिने योजना अफर सार्वजनिक