काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको कुल १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ८९.३८ रुपैयाँदेखि २६८.१४ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।
नेप्सेले कम्पनीको सेयर कारोबारका लागि TVCL संकेत चिह्न प्रदान गरेको छ ।