नेप्सेमा झिनो गिरावट, सोनापुरको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । दिनभरमा १७ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा २ अंक घटेर बन्द भएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोड घटेर १ अर्ब २८ करोडमा सीमित भएको छ ।

मंगलबार नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा आइपुगेको छ । यसदिन २९० कम्पनीको ४७ लाख २७ हजार ९०२ कित्ता सेयर किनबेच भएको छ । आज १०२ कम्पनीको सेयर मूल्य बढेकोे छ भने १२६ को घटेको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.३३ प्रतिशतले बढेको छ ।

आज सोनापुर सिमेन्टको सेयर सर्वाधिक किनबेच भएको छ । यसको साढे ८ करोड रुपैयाँको कारोबार भएको छ ।

घट्दो बजारमा पनि आज बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज नारायणी विकास बैंकका सेयरधनीले भने सर्वाधिक ५.३३ प्रतिशत गुमाएका छन् ।

देशभरका कारागारमा योग शिविर संचालन गरिने Read Previous

देशभरका कारागारमा योग शिविर संचालन गरिने

त्रिशूली जलविद्युत्को आइपीओ नेप्से सूचीकृत, कतिमा खुल्छ काराेबार ? Read Next

त्रिशूली जलविद्युत्को आइपीओ नेप्से सूचीकृत, कतिमा खुल्छ काराेबार ?