लक्ष्मी बैंकले बोलायो साधरण सभा, बुक ब्लोज कहिले

काठमाडौं । लक्ष्मी बैंकले १९ औं वार्षिक साधारण सभा पुस ६ गतेलाई बोलाएको छ । बैंक सञ्चालन समितिको बुधबार बसेको २२२ औं बैंकले सो निर्णय गरेको हो ।

 

सभामा बैंकले गत वर्षको नाफाबाट वितरण गर्ने १५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

 

हाल यस बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार ६४२ रुपैयाँ रहेको छ भने बोनस वितरणपछि ९ अर्ब ८१ करोड २५ लाख ५६ हजार ५०६ रुपैयाँ पुग्नेछ ।

 

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते बुक क्लोज मिति तोकेको छ । तसर्थ मंसिर २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांशको पाउनेछन् ।

मेगा बैंकलाई 'आइएसओ' मान्यता Read Previous

मेगा बैंकलाई 'आइएसओ' मान्यता

काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा Read Next

काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा