मेगा बैंकलाई ‘आइएसओ’ मान्यता

काठमाडौं । मेगा बैंकले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ।

 

अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (यूआरएस)ले बैंकलाई आइएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत प्रमाणपत्र प्रदान गरेको हो।

 

सञ्चालनको छोटो अवधिमै एक लोकप्रिय एवं प्रतिष्ठित संस्थाको परिचय बोक्न सफल मेगा बैंकले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको हो ।

 

तीब्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ ।

 

बैंकका हाल देशभर १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरुमार्फत वित्तीय सेवा प्रदान गरीरहेको छ ।

धरहरा पुनःनिर्माणको ३० प्रतिशत काम सम्पन्न Read Previous

धरहरा पुनःनिर्माणको ३० प्रतिशत काम सम्पन्न

लक्ष्मी बैंकले बोलायो साधरण सभा, बुक ब्लोज कहिले Read Next

लक्ष्मी बैंकले बोलायो साधरण सभा, बुक ब्लोज कहिले