ग्लोबल आइएमई बैंकको ३५१औं शाखा बैतडीको पाटनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका-६ स्थित पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले एक समारोह बीच गरेका हुन् ।

नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

बबरमहलमा अब यात्रुले बटन थिचेर बाटो काट्न सक्ने Read Previous

बबरमहलमा अब यात्रुले बटन थिचेर बाटो काट्न सक्ने

सङ्खुवासभाको वसन्तपुर सबस्टेसन सञ्चालनमा Read Next

सङ्खुवासभाको वसन्तपुर सबस्टेसन सञ्चालनमा