घर बनाउन चाहनेलाई जानकारी दिन ‘शिवम् सन्देश’

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ नामक जनचेतनामूलक भिडियो सन्देश सार्वजनिक गरेको छ । कम्पनीले घर बनाउने तयारीमा रहेकाहरुलाई लक्षित गर्दै जानकारी दिने उद्देश्यले उक्त भिडियो प्रसारण गरेको हो ।

‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौंजुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह हो । यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरू बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ ।

घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने? जस्ता थुप्रै उपयोगी जानकारीहरू समेटिएको छ ।

त्यसैगरी, भूकम्प, बाढीपहिरा जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू ‘शिवम् सन्देश’मा समेटिएका छन्।

साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू दिइएको छ ।

सन् २००३ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरीय सिमेन्टको उत्पादन गर्दै आएको छ । निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम्ले ल्याएको सन्देश उपभोक्ताप्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण हो। शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ।

 

 

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री Read Previous

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

युनिलिभरको १५८० प्रतिशत लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

युनिलिभरको १५८० प्रतिशत लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन