काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको बम्परलाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर १२ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।
कम्पनीले गता वर्षको नाफाबाट इतिहासकै धेरै १५८० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २६ गते ३० औं वार्षिक साधरण सभा बोलाएको छ ।
सभा, होटल याक एन्ड यती, दरबारमार्गमा काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । सो सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।