नयाँ सहकारी दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

काठमाडौं । सरकारले नयाँ सहकारी संस्था दर्ता र पुराना सहकारीको कार्यक्षेत्र तथा सेवा केन्द्र विस्तारमा रोक लगाएको छ। कात्तिक २३ गतेको मन्त्रिपरिषद् बैठकले नयाँ सहकारी दर्ता र सेवा विस्तारमा अनिश्चित कालका लागि रोक लगाउने निर्णय गरेको हो ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारीको संघ, प्रदेश र स्थानीय तह सबैमा दर्ता र सेवा विस्तारमा रोक लगाइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय जनाएको छ ।

सहकारी संस्थाहरूले ठूलो बचत स्वीकार गर्ने र जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढेको मन्त्रालयको ठम्याइ छ । मन्त्रालयका अनुसार सहकारीहरुले ठूलो बचत स्वीकार्दा समयमै बचतकर्ताको बचत फिर्ता हुन नसक्ने र यसले सहकारीमा गम्भीर समस्या सिर्जना भई सहकारी क्षेत्रका अतिरिक्त सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकोले तत्कालका लागि सहकारी संस्थाको दर्ता र कार्य क्षेत्र विस्तारमा रोक लगाइएको हो ।

‘यस क्षेत्रको समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई वचत तथा ऋणको मुख्य कारोवार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी सस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८०/७/२३ मा निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

मुस्ताङ घुम्न जाने पर्यटकको लर्को, एक महिनामै पुगे ८० हजार पर्यटक Read Previous

मुस्ताङ घुम्न जाने पर्यटकको लर्को, एक महिनामै पुगे ८० हजार पर्यटक

रसुवागढी सुक्खा बन्दरगाह निर्माण ४५ प्रतिशत सकियो, अब २ वर्षमा सम्पन्न हुने Read Next

रसुवागढी सुक्खा बन्दरगाह निर्माण ४५ प्रतिशत सकियो, अब २ वर्षमा सम्पन्न हुने