माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।

बैंक संचालक समितिको मंसिर ७ गते बसेको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो । केसी यसअघि पनि बैंकको अध्यक्ष बनेको थिए । उनी २०७४ वैशाखदेखि २०७५ पुससम्म अध्यक्ष थिए ।

यसअघिका बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै संचालक समितिले केसीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो ।

केसी पोखराका युवा व्यवसायी हुन् । स्नाकोत्तरसम्म अध्ययन गरेका केसीको सहकारी, हाइड्रोपावर, कन्स्ट्रक्सन कम्पनी लगातमा लगानी छ ।

पोखरा बचत तथा ऋण सहकारी लिमिटेडका पूर्व निर्देशक रहेका उनी भगवती हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर र गण्डकी हाइड्रोपावर डेभलपमेन्टमा आबद्ध छन् ।

साथै, उनले केसी कन्स्ट्रक्सन प्रालि सञ्चालन गरिरहेका छन् ।

नबिललाई उछिन्दै स्ट्याण्डर्ड चार्टर्ड बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक Read Previous

नबिललाई उछिन्दै स्ट्याण्डर्ड चार्टर्ड बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक

कात्तिकमा यस वर्षकै कम वस्तु आयात, निर्यात पनि घट्यो Read Next

कात्तिकमा यस वर्षकै कम वस्तु आयात, निर्यात पनि घट्यो