नबिललाई उछिन्दै स्ट्याण्डर्ड चार्टर्ड बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने बैंक

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । नबिल बैंकलाई उछिन्द स्ट्याण्डर्ड सबैभन्दा धेरै सेयर मूल्य हुने बैंक बनेको हो ।

नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ११ प्रतिशत मात्र नगद लाभांश घोषणा गरेपछि बैंकको सेयर मूल्यमा उच्च गिरावट आएपछि चार्टर्डले उछिनेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज बिहान ११ः१० बजेसम्म नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ४४ रुपैयाँ घटेर ५१७ रुपैयाँमा कारोबार भइरहेको छ । जबकि यही समयमा चार्टर्डको सेयर मूल्य पनि प्रतिकित्ता ५२४ रुपैयाँमा कारोबार भइरहेको छ ।

लाभांश कम दिएको झोकमा लगानीकर्ताले नबिलको बिक्रीचाप बढाउँदा सेयर मूल्य ह्वात्तै घटेको हो । अघिल्लो कारोबार दिनमा नबिलको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ थियो भने चार्टर्ड ५३९ रुपैयाँ थियो

विगतका वर्षहरूमा बम्पर लाभांश दिँदै आएको नबिलले यसपटक इतिहासकै कम लाभांश दिएको हो । यता चार्टर्डले भने गत वर्षको नाफाबाट १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

विगतका बुलमा चार्टर्डको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँसम्म पुगेको थियो भने पछिल्ला वर्षहरूमा लगातार घटेर ३०० रुपैयाँभन्दा तल समेत आएको थियो । यद्यपि, पछिल्लो १ वर्ष यता भने चार्टर्डको सेयर मूल्य बढ्दो क्रममा छ ।

 

नबिल बैंकले घोषणा गर्‍यो हालसम्मकै कम लाभांश, नगद मात्र दिने Read Previous

नबिल बैंकले घोषणा गर्‍यो हालसम्मकै कम लाभांश, नगद मात्र दिने

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त Read Next

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त