टेलिकम बन्यो सबैभन्दा धेरै कर तिर्ने संस्था, व्यक्तितर्फ विजयकुमार शाह

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्नेलाई सम्मान गरेको हो ।

विभागले हरेक वर्ष सर्वाधिक कर तिर्नेलाई सम्मान गर्दै आएको छ । जसमा संस्थागततर्फ सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)गत वर्ष सबैभन्दा धेरै कर तिर्ने संस्था बनेको छ ।

त्यसैगरी, उद्योगतर्फ एशियन पेन्ट्स, कृषि एवम् पशुजन्यतर्फ ओबीसी फुड्स प्रालि, निर्यात कारोबारमा डाबर नेपाल, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक, बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल सबैभन्दा धेरै कर तिर्ने संस्था बनेका छन् ।

त्यस्तै, स्वास्थ तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटनमा मनकामना दर्शन प्रालि, वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज (नेप्से), ऊर्जामा भोटेकोसी पावर कम्पनी, रेमिटेन्समा आईएमई लिमिटेड र व्यक्तिगततर्फ विजयकुमार शाह उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।

सम्मानित व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मानपत्र दिएका थिए ।

मैद्रिक नीति समीक्षाको तयारीमा राष्ट्र बैंक, अर्थतन्त्रका मुख्य समस्या सम्बोधन गर्ला ? Read Previous

मैद्रिक नीति समीक्षाको तयारीमा राष्ट्र बैंक, अर्थतन्त्रका मुख्य समस्या सम्बोधन गर्ला ?

नबिल बैंकले घोषणा गर्‍यो हालसम्मकै कम लाभांश, नगद मात्र दिने Read Next

नबिल बैंकले घोषणा गर्‍यो हालसम्मकै कम लाभांश, नगद मात्र दिने