हकप्रदमा नबिकेको सेयर लिलामीमा आउने संभावना न्यून

काठमाडौं । सेयर बजारमा अब हकप्रदमा नबिकेको सेयर लिलामीमा आउने संभावना न्यून भएको छ ।

 

धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुले आफ्नो हक भन्दा शत प्रतिशत बढि आवेदन दिन सक्ने गरि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को शंसोधन पारित गरि संशोधन प्रक्रिया अगाडि बढाएपछि नबिकेको हकप्रद सेयर लिलामीमा आउने संभावना न्यून भएको हो ।

 

अहिलेको व्यवस्थामा लगानीकर्ताले आफ्नो हक बराबर मात्र सेयर आवेदन दिन पाउँछन् । उदाहरणको लागि कसैसँग कुनै कम्पनीको १ सय कित्ता सेयर छ र उक्त कम्पनीले २० प्रतिशत हकप्रद सेयर जारी गर्यो भने उक्त लगानीकर्ताले २० कित्ता हकप्रद सेयरमा आवेदन दिन पाउँछन् ।

 

अबको नयाँ ब्यवस्थामा भने सो भन्दा शत प्रतिशत बढी अर्थात ४० कित्ता सेयरमा हकप्रद आवेदन दिन पाउनेछन् । यसो भएपछि हकप्रद सेयर बजारमा लिलामीमा आउने संभावना न्यून भएको हो ।

 

यसको मतलब हकप्रद नबिकेको कम्पनीले थप पैसा कमाउने संभावना पनि कम भएको छ । हाल १ सय रुपैयाँ प्रति कित्ता सेयर नबिकेर लिलामीमा ल्याउँदा दोस्रो बजारको मूल्य बराबरमा सेयर बिक्री गरेर कम्पनीले नाफा कमाउँदै आएका थिए ।

 

बैंक तथा वित्तीय संस्थाहरुको पूँजी साढे दुई गुणा बढाएपछि पछिल्लो समय बजारमा हकप्रद सेयरको बाढि नै आएको थियो । र, ती सेयर नबिक्दा सम्बन्धित कम्पनीले दास्रो बजारकै मूल्यमा सेयर लिलामी गरेर कम्पनीहरुले राम्रो नाफा कमाएका थिए ।

 

आर्थिक वर्ष ७१/७२ मा कृषि विकास बैंकले ५० प्रतिशत हकप्रद जारी गरेको थियो । उक्त समयमा नबिकेको झण्डै २० लाख साधारण सेयर बैंकले लिलामीमा बेचेको थियो । बैंकले लिलामीको समयमा सेयरको दोस्रो बजारको मूल्य हाराहारीमा (प्रति कित्ता ३ सय ६१ रुपैयाँ) ति सेयर बेचेर ५० करोड रुपैयाँ भन्दा बढि नाफा गरेको थियो ।

सेयर बजार सुधारको लागि धितोपत्र बोर्डका यस्ता छन् ८ योजना Read Previous

सेयर बजार सुधारको लागि धितोपत्र बोर्डका यस्ता छन् ८ योजना

जंक फूडको आयात बढ्दो, ३ महिनामै बाहिरियो ३१ करोड Read Next

जंक फूडको आयात बढ्दो, ३ महिनामै बाहिरियो ३१ करोड