गाडी किन्न ग्लोबल आइएमई बैंकले १०.९९% ब्याजमा ऋण दिने, ७ वर्षसम्म ब्याज नबढ्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल अटो लोन’ योजना ल्याएको छ । बैंकले गाडी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले १०.९९ प्रतिशत ब्याजदरमा कम्बस्चन (इन्धन) गाडी किन्न ऋण पाउने छन् ।

ग्राहकले ७ वर्षसम्मका लागि ऋण पाउने छन् । उक्त ऋणको ब्याज स्थिर रहने छ । अर्थात् ७ वर्षसम्म एउटै ब्याजदर रहने छ । ब्याजदर घटबढ हुने छैन ।

यस्तै, विद्युतीय सवारी साधन (ईभी)का लागि १०.४९ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराइने बैंकले जनाएको छ । गाडीको मूल्यका आधारमा बैंकले ईभीमा मूल्यांकनको ८० प्रतिशतसम्म र इन्धन गाडीको हकमा ५० प्रतिशतसम्म ऋण दिनेछ ।

बैंकका अनुसार २१ वर्ष पूरा भई ७० वर्ष ननाघेका जो कोही नेपाली नागरिकले उक्त ऋयण सुविधा पाउने छन् । ऋण लिने ग्राहकको नियमित आम्दानीको स्रोतका साथै राम्रो क्रेडिट इतिहास भएको हुनुपर्नेछ ।

ऋण लिन इच्छुक ग्राहकले बैंकका कुनै पनि शाखामा आवश्यक कागजातसहित गई वा बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

कमजोर बन्दै नेपाली मुद्रा, डलरले बनायाे हालसम्मकै महँगोको रेकर्ड Read Previous

कमजोर बन्दै नेपाली मुद्रा, डलरले बनायाे हालसम्मकै महँगोको रेकर्ड

दोलखाको लामाबगर नाकाबाट ६ पटकमा ३३ किलो सुन तस्करी, डलर र क्रिप्टोमा भुक्तानी Read Next

दोलखाको लामाबगर नाकाबाट ६ पटकमा ३३ किलो सुन तस्करी, डलर र क्रिप्टोमा भुक्तानी