आज रंगशालामा फुटबल हेर्न जाने दर्शकलाई निःशुल्क बस सेवा, यस्तो छ रुट

काठमाडौं । आज बेलुका काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोट अन्तर्गत हुने नेपाल र यमन बीचको फुटबल हेर्न जाने दर्शकलाई निःशुल्क बसको व्यवस्था गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)खेल हेर्न जाने दर्शकको सुविधाका लागि निःशुल्क बसको व्यवस्था गरेको हो । एन्फाका अनुसार यात्रु ओसार्न विभिन्न ११ रुटमा १५ वटा निःशुल्क बसको व्यवस्था गरिएको छ ।

त्रिपुरेश्वर-थानकोट, सुन्धारा-नारायणथान, सुन्धरा-जोरपाटी, त्रिपुरेश्वर-हात्तीवन र त्रिपुरेश्वर-सूर्यविनायक रुटमा २/२ वटा बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ । त्यस्तै, सुन्धरा-सिनामंगल, त्रिपुरेश्वर-कीर्तिपुर, सुन्धारा-चक्रपथ, त्रिपुरेश्वर-स्वयम्भू र त्रिपुरेश्वर-भैँसेपाटी रुटमा १/१ निःशुलक बसको व्यवस्था गरिएको छ ।

सन् २०२६ मा हुने विश्वकपका लागि छनोटका हुने नेपाल र यमन बीचकाे खेल आज साँझ ७ बजे सुरु हुनेछ । नेपाल र यमन यसअघि चार पटक आमनेसामने भइसकेका छन्। सन् २००० मा भएको एशियन कपको छनोट खेलमा नेपाल यमनसँग ३-० गोल अन्तरले पराजित भएको थियो।

त्यस्तै, सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले २-० को हार बेहोरेको थियो। त्यसपछि सन् २०१७ को एशियन कप छनोटमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो।

एन्फाले टिकटको मूल्य साधारण प्याराफिटतर्फ ४०० रुपैयाँ र भीआइपी प्याराफिटतर्फ १ हजार रुपैयाँ कायम गरेको छ ।

 

नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत

सामसङ ‘ग्यालेक्सी एस २३ एफ ई’ प्रि बुकिङ खुला, मासिक किस्तामा पनि पाइने Read Next

सामसङ ‘ग्यालेक्सी एस २३ एफ ई’ प्रि बुकिङ खुला, मासिक किस्तामा पनि पाइने