लाभांश प्रयोजनका लागि स्ट्याण्डर्ड चार्टर्डले तोक्यो बुकक्लोज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

बैंकले मंसिर २४ गते ३७ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा आर्मी अफिसर क्लब, भद्रकाली, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको करसहित १९ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश बैंकको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

डेढ प्रतिशत प्रिमियममै सवारी कर्जा दिँदै बैंक, कुनबाट सस्तो पाइन्छ ऋण ? Read Previous

डेढ प्रतिशत प्रिमियममै सवारी कर्जा दिँदै बैंक, कुनबाट सस्तो पाइन्छ ऋण ?

भिजन लुम्बिनी ऊर्जाको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

भिजन लुम्बिनी ऊर्जाको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा