काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये भाग्यमानी ५ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । ९ लाख ४९ हजार ३९९ जनाकाे हात खाली भएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले २० करोड ७५ लाख २८ हजार ५०० रुपैयाँ बराबरको २० लाख ७५ हजार २८५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
कम्पनीको आइपीओमा कुल ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएका थिए । सोमध्ये रीतपूर्वक आवेदन परेका ११ लाख ५६ हजार ९२७ जनालाई गोलाप्रथामा समावेश गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।
कहाँबाट हेर्ने रिजल्ट
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ