सिप्रदीद्धारा भूकम्प पीडितलाई ५५ लाखको राहत वितरण

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित परिवारलाई राहात सामाग्री वितरण गरेको छ ।

सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको हो ।

संस्थाले प्रभावितलाई त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन, न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका अन्य सामाग्रीहरू सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरेको हो ।

संस्थाको अनुसार हस्तान्तरण गरेको सामाग्रीहरूबाट झन्डै १ हजार २०० घर परिवारका ४ हजार ८०० जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले भूकम्प प्रभावितको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै राह सामग्र वितरण गरिएको बताए ।

‘भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पीडितहरूलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा स्थानीय प्रशासनसंग समन्वय गर्दै राहत वितरण गरेका छौं । प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरू हस्तान्तरण गरेका छौं र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग पुराउने नै छौं,’ उनले भने ।

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्टसँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को सुरूआत गरेको थियो । सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनःर्निमार्ण र हस्तान्तरण गरेको थियो ।

भूकम्प पीडितलाई अस्थायी आवास बनाउन १ अर्ब ४१ करोड निकासा Read Previous

भूकम्प पीडितलाई अस्थायी आवास बनाउन १ अर्ब ४१ करोड निकासा

आर्थिक शिथिलता कायमै, संकटमोचनको सूत्र खोज्दै सरकार Read Next

आर्थिक शिथिलता कायमै, संकटमोचनको सूत्र खोज्दै सरकार