भूकम्प पीडितलाई अस्थायी आवास बनाउन १ अर्ब ४१ करोड निकासा

काठमाडौं । सरकारले भूकम्प पीडितलाई अस्थायी आवास निर्माणको लागि १ अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ ।

सरकारले ५ जिल्लाका भूकम्प प्रभावितलाई तत्काल अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता उपलब्ध गराउन आज उक्त रकम निकासा गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जाजरकोट र पश्चिम रुकुमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रुपैयाँ निकासा भएको छ ।

ती जिल्लाका भूकम्प प्रभावितले पहिलो किस्ताबापत २५ हजार रुपैयाँ पाउने छन् । अस्थायी आवास निर्माणपछि दोस्रो किस्ता बापत थप २५ हजार रुपैयाँ पाउने छन् । आवास निर्माण रकम पाउने भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिनुपर्नेछ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयको नाममा निकासा भएको उक्त रकम तुरुन्तै स्थानीय तहमा पठाउन सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

पर्यटन व्यवसाय गुलजार : प्रमुख गन्तव्यमा पर्यटक खचाखच, होटलको बढ्यो आम्दानी Read Previous

पर्यटन व्यवसाय गुलजार : प्रमुख गन्तव्यमा पर्यटक खचाखच, होटलको बढ्यो आम्दानी

सिप्रदीद्धारा भूकम्प पीडितलाई ५५ लाखको राहत वितरण Read Next

सिप्रदीद्धारा भूकम्प पीडितलाई ५५ लाखको राहत वितरण