काठमाडौं । नेपाल एसबीआइ बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको मंसिर १ गते बसेको बैठकले सेयरधनीलाई ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।