सोल्टी होटलको बम्पर लाभांश घोषणा

काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ ।

होटल सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.५७८ प्रतिशत नगद गरी कुल ३१.५७८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

सोल्टीले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

होटलले उक्त लाभांश पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

साधरण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुक क्लोज तोकेको छ । सो अनुसार पुस ४ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश र साधरण सभामा भाग लिन पाउने छन् ।

ओझेलमा ठूला औद्योगिक क्षेत्र निर्माण Read Previous

ओझेलमा ठूला औद्योगिक क्षेत्र निर्माण

नेपाल एसबीआइ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

नेपाल एसबीआइ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?