लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ९ प्रतिशत (१% बोनस सेयर र करसहित ८% नगद) लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ । प्रस्तावित लाभांश बैंकको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक १३ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार कात्तिक १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

सेल्सबेरीमा सामान किन्दा ३० प्रतिशतसम्म छुट Read Previous

सेल्सबेरीमा सामान किन्दा ३० प्रतिशतसम्म छुट

सेयर बेचेको पैसा समयमै खातामा नहाल्दिने सिप्ला सेक्युरिटिज निलम्बन Read Next

सेयर बेचेको पैसा समयमै खातामा नहाल्दिने सिप्ला सेक्युरिटिज निलम्बन