सेयर बेचेको पैसा समयमै खातामा नहाल्दिने सिप्ला सेक्युरिटिज निलम्बन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिज (ब्रोकर नं. २०)लाई निलम्बन गरेको छ ।

तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्र्यौट नगरेको भन्दै नेप्सेले सिप्लालाई ३ कार्य दिनका लागि निलम्बन गरेको हो ।

सीडीएस एण्ड क्लियरिङ सिप्ला सेक्युरिटिजलाई कारबाही गर्न भन्दै कात्तिक २३ गते नेप्सेलाई पत्रचार गरेको थियो । साेही सिफारिसकाे आधारमा नेप्सेले सिप्लालाई ३ कार्यदिनका लागि निलम्बन गरेको हो ।

यो निलम्बन तिहार बिदापछि खुल्ने कारोबार दिनमा लागू हुने जनाइएको छ ।

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ? Read Previous

लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ?

छठका लागि जनकपुरमा मात्रै ४ करोडको केरा आयात, भाउ २५ प्रतिशत महँगियो Read Next

छठका लागि जनकपुरमा मात्रै ४ करोडको केरा आयात, भाउ २५ प्रतिशत महँगियो