भूकम्प पीडितलाई ईयूले २९ करोड सहयोग गर्ने

काठमाडौं । युरोपेली सङ्घ (ईयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको नेपालस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।

अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो ।

मंसिर १० देखि आइपीओ बिक्री गर्दै नेपाल वेयरहाउजिङ Read Previous

मंसिर १० देखि आइपीओ बिक्री गर्दै नेपाल वेयरहाउजिङ

बैंक र हाइड्रोको सेयर सबैभन्दा सस्तो, यी हुन् २०० रुपैयाँ कममै पाइने ३९ कम्पनी Read Next

बैंक र हाइड्रोको सेयर सबैभन्दा सस्तो, यी हुन् २०० रुपैयाँ कममै पाइने ३९ कम्पनी