मंसिर १० देखि आइपीओ बिक्री गर्दै नेपाल वेयरहाउजिङ

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कम्पनीको सेयरमा मंसिर १३ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेका ढिलोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङले कम्पनीलाई ‘आइआरएन डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

निक्षेपको ब्याजदर र बेसरेट एकल अंकमा, कर्जाको ब्याजदर कहिले घट्छ ? Read Previous

निक्षेपको ब्याजदर र बेसरेट एकल अंकमा, कर्जाको ब्याजदर कहिले घट्छ ?

भूकम्प पीडितलाई ईयूले २९ करोड सहयोग गर्ने Read Next

भूकम्प पीडितलाई ईयूले २९ करोड सहयोग गर्ने