तिहारमा फस्टाएको फूलमालाको व्यापार (फोटोफिचर)

काठमाडौं । तिहार लागेसँगै फूलको व्यापार बढेको हो । अधिकांश मानिसले फूलको मालाले घर, अफिस सजाउने हुँदा फूलमालाको व्यापार ह्वात्तै बढेको हो ।

गाउँघरमा फूलमालाको खासै किनबेच नहुने भए पनि शहरमा भने वर्षकै धेरै फूलमाला किनबेच हुन्छ । तिहारलाई लक्षित गर्दै देशका विभिन्न ठाउँमा फूलखेती गरेका किसानहरु माला बनाएर बेच्न शहर आएका छन् ।

तिहारका लागि काठमाडौँको न्यूरोडमा व्यापारीले बिक्री गर्न राखेको सयपत्री फूलको माला हेर्दैै विदेशी पर्यटक ।

तिहारमा मुख्यगरी सयपत्री, मखमली र गोदावरी फूल धेरै खपत हुन्छ । त्यसमा पनि सयपत्री फूलको मालाको व्यापार धेरै हुने व्यापारीहरु बताउँछन् ।

तिहारलाई मध्येनजर गर्दै काठमाडौं महानगरपालिकाले पनि विभिन्न चार ठाउँमा फूल बेच्न दिएको छ । अरु बेला सडक व्यापारमा प्रतिबन्ध लगाएको महानगरले तिहारको बेला भृकुटीमण्डप, तीनकुने, बालाजुस्थित भ्याली कोल्डस्टोर र हाँडीगाउँ कृष्णमन्दिर नजिक फूल बिक्रीस्थल तोकेको छ ।

बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य ७० रुपैयाँदेखि ५०० रुपैयाँसम्म रहको । त्यस्तै, मखमली र गोदावरी फूलको मालाको १०० हाराहारी रहको छ । तिहारमा मात्रै करोडौंको फूलमालाको व्यापार हुने गर्छ ।

काठमाडौँको असनमा फूल माला किन्दै सर्वसाधारण । तस्वीर : रासस
४ वर्षपछि कोरला नाका संचालनमा आउँदै, कर्मचारी र प्रहरीका लागि अस्थायी संरचना तयार Read Previous

४ वर्षपछि कोरला नाका संचालनमा आउँदै, कर्मचारी र प्रहरीका लागि अस्थायी संरचना तयार

नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु Read Next

नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु