नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

तिहारमा फस्टाएको फूलमालाको व्यापार (फोटोफिचर) Read Previous

तिहारमा फस्टाएको फूलमालाको व्यापार (फोटोफिचर)

नेपाल लाइफको खुद नाफा १०.२५ प्रतिशत बढ्यो, ईपीएस कति ? Read Next

नेपाल लाइफको खुद नाफा १०.२५ प्रतिशत बढ्यो, ईपीएस कति ?