आइएमई पे बन्यो नेपाल सुपर लिगको टिकेटिङ पार्टनर

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ नेपाल सुपर लिग २०२३ को लागि आधिकारिक टिकेटिङ पार्टनर बनेको छ ।

आइएमई पे र नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) बीच भएको रणनीतिक साझेदारी गर्दै आइएमई आधिकारिक टिकेटिङ पार्टनर बनेको हो ।

नेपाल सुपर लिग यअी नोभेम्बर २४ देखि आयोजना हुँदैछ । नेपाल सुपर लिग नेपालको प्रमुख खेलहरू मध्ये एक हो । जसमा बहुसंख्यक खेल प्रेमीहरुको चासो रहेको छ । डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने आइएमई पेको विश्वास रहेको छ ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको बताए ।

‘नेपाली फुटबल विकासमा एनएसईएमसँग सहकार्य गर्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छु । आइएमई पेको डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको बनाएको छ,’ उनले भने ।

नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने प्रतिज्ञा गरिएको छ। यो साझेदारीले लिगको वृद्धि र पहुँचमा योगदान पुर्‍याउने छ विश्वास लिइएको छ । जसले फ्यानहरूलाई आफ्नो मनपर्ने टोली र खेलाडीहरूलाई समर्थन गर्न सजिलो बनाउँछ।

संशोधनबिनै भारतसँगको वाणिज्य सन्धी नवीकरण Read Previous

संशोधनबिनै भारतसँगको वाणिज्य सन्धी नवीकरण

डलर संचिति ३१ महिना यताकै धेरै, विदेशी मुद्रा संचिति साढे १६ खर्ब पुग्यो Read Next

डलर संचिति ३१ महिना यताकै धेरै, विदेशी मुद्रा संचिति साढे १६ खर्ब पुग्यो