काठमाडौं । चन्द्रगिरि हिल्स प्रालिको खुद नाफामा उछाल आएको छ । कम्पनीले शुक्तबार सार्वजनिक गरेकोन चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६३.०७ प्रतिशतले बढेको छ ।
असोज मसान्तसम्म कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ८२ लाख रुपैयाँ धेरै हो । गत वर्ष पहिलो त्रैमासमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पछिल्लो समय पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा जान थालेको हो । स्वदेशी तथा विदेशी पर्यटकको आवगमन बढ्दा कम्पनीको व्यवसायमा आर्कषक सुधार आएको छ ।
समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १०.५९ प्रतिशतले बढेर २० करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको अन्य आम्दानी भने ६७६.६४ प्रतिशतले बढेर ६१ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको पनि खर्च ५१.५९ प्रतिशत बढेर ७ करोड ३५ लाख रुपैयाँ पुगेको छ । हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने २० करोड ३० लाख रुपैयाँ ऋणात्मक छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.१६ रुपैयाँ बढेर ५.५७ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९१.१३ गुणा छ ।