काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिजले ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ आयोजना गर्ने भएको छ ।
कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिला सहभागी हुन सक्ने छन् । प्रतियोगिता विभिन्न तीन चरणमा सम्पन्न हुनेछ ।
पहिलो चरणमा सहभगी महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी मंसिर ८ गतेभित्र बुझाउनु पर्नेछ । इच्छुकले कम्पनीको वेबसाइट/फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन वा ९८०२३३५५८५ मा ह्वाट्एसमार्फत पठाउन सक्नेछन् ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भास मा कोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्योग भित्र नै संचालन हुनेछ ।
अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ । प्रतियोगीको चित्रकलाको मूल्याङ्कन निर्णायक समितिद्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।
यस प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । साथै, १२ जनालाई सान्त्वना स्वरुप जनही ५ हजार रुपैयाँ उपलब्ध गराइने छ ।