काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
आइतबार कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको कुल १ करोड कित्ता सेयर सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर मंसिर ४ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, सो दिन प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।
कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९६.१४ रुपैयाँदेखि २८८.४२ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।
नेप्सेले कम्पनीको सेयर कारोबारका लागि MMKJL संकेत चिह्न प्रदान गरेको छ ।