सिभिल बैंकका एकैसाथ तीन शाखा उद्धघाटन

काठमाडौं । सिभिल बैंकले आफ्नौ नवौं वार्षिकोत्सवको अवसरमा तीनवटा शाखाको उद्धघाटन गरेको छ।मंगलबार बैंकले निजगढ शाखा, चन्द्रनिगाहपुर शाखा र दमौली शाखाको उद्धघाटन गरेको हो।

 

दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले गरे।निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भुप्रसाद पन्त तथा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गरे।

 

त्यसैगरी, चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गरे।

भन्सार छलेर २५ किलो सुन तस्करी, ३० करोड बिगो माग Read Previous

भन्सार छलेर २५ किलो सुन तस्करी, ३० करोड बिगो माग

डिसहोमको एक्सन स्पोर्टसमा साग गेमको प्रत्यक्ष प्रसारण हुने Read Next

डिसहोमको एक्सन स्पोर्टसमा साग गेमको प्रत्यक्ष प्रसारण हुने