काठमाडौं । नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुने भएको छ ।
साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पूर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ SD र ९९१ HD मा प्रत्यक्ष प्रसारण हुनेछ ।
‘नेपालले खेल्छ नेपालीले हेर्छ’ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापनाकाल देखिनै नेपालमा आयोजना हुने हरेक खेलहरु लाई नेपाली दर्शक माझ पुर्याउँदै आएकोछ ।