काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । अघिल्ला तीन दिनमा लगातार ३७ अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको हो ।
बिहीबार नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ विन्दुमा आइपुगेको छ । यसदिन २८२ कम्पनीको २८ करोड रुपैयाँ बढीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५५ प्रतिशतले बढेकोे छ । आज कारोबारमा आएका मध्ये १७५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज लगानीकर्ता सोनापुर मिनरल्स एयड आयलको सेयरमा आकर्षित भएका छन् । यसको सर्वाधिक ७ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।
घट्दो बजारमा आज सयपत्री हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ६.९६ प्रतिशत कमाएका छन् भने माउन्टेन इनर्जीका सेयरधनीले ६.५८ प्रतिशत गुमाएका छन् ।