काठमाडौं । नेपाल नागरिक उड्डय प्राधिकरणले धरानमा एयरपोर्ट निर्माणको सम्भाव्यता अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको निर्देशनमा प्राधिकरणले बिहीबार तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो ।
प्राधिकरणले प्रबन्धक नलबिक्रम थापाको संयोजकत्वमा अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहनेगरी अध्ययन समिति गठन गरेको जनाएको छ ।
‘माननीय मन्त्री सुदन किरातीको निर्देशानुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न देहाय तीन सदस्यीय कमिटी गठन गरिएको छ,’ प्राधिकरणले भनेको छ ।