निर्माणधीन ३ रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश

काठमाडौं । सरकारले निर्माणाधीन ३ रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको मूलपानी, चितवन र विराटनगरमा रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको हो ।

सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चारमन्त्री सञ्चारमन्त्री रेखा शर्माले ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण अघि बढाउने बढाउने निर्णय गरेको जानकारी दिइन् ।

पूर्वाधार अभावका बाबजूद क्रिकेटमा नेपालले धेरै उपलब्धी हासिल गरेको र सम्भावना पनि निकै राम्रो भएकाले सरकारले क्रिकेट रंगशाला निर्माण अघि बढाउन लागेको उनले बताइन् ।

मूलपानीमा ३ दशक अघिदेखि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण थालिए पनि अझै पूरा हुन सकेको छैन । त्यस्तै, चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण थाले पनि अलपत्र परेको छ । यद्यपि, हालै बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सो रंगशाला संयुक्त रुपमा निर्माण गर्ने घोषणा गरेका छन् ।

 

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने Read Previous

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने

धरानमा एयरपोर्ट बनाउन तीन सदस्यीय अध्ययन समिति गठन Read Next

धरानमा एयरपोर्ट बनाउन तीन सदस्यीय अध्ययन समिति गठन