सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने

काठमाडौं । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने भएको छ ।

बिहिबार बसेको मन्त्रीपरिषद बैंठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको जानकारी दिइन् ।

कच्चा तेलको मूल्य ३ महिना यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ? Read Previous

कच्चा तेलको मूल्य ३ महिना यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ?

निर्माणधीन ३ रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश Read Next

निर्माणधीन ३ रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश