मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको कात्तिक २२ गते बसेको बैठकले सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशत कम हो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

ठूला बैंकलाई कर्जा विस्तारमा छैन सहज, कुनको सीडी रेसियो कति ? Read Previous

ठूला बैंकलाई कर्जा विस्तारमा छैन सहज, कुनको सीडी रेसियो कति ?

बोटलर्स नेपाल (तराई)को बम्पर लाभांश घोषणा Read Next

बोटलर्स नेपाल (तराई)को बम्पर लाभांश घोषणा