काठमाडौं । बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट बम्पर लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको कात्तिक २२ गते बसेको बैठकले सेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।