कामना सेवा विकास बैंकले लाभांश नदिने

काठमाडौं । कामना विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको कात्तिक २१ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले गता वर्ष बैंकले ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३ नगद गरी ४.६४ प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

 

माण्डु हाइड्रोपावरले बिजुली बेचेर कमायो २५ करोड, खुद नाफा कति ? Read Previous

माण्डु हाइड्रोपावरले बिजुली बेचेर कमायो २५ करोड, खुद नाफा कति ?

इमर्जिङ नेपालको लाभांश घोषणा, नगद मात्र दिने Read Next

इमर्जिङ नेपालको लाभांश घोषणा, नगद मात्र दिने