माण्डु हाइड्रोपावरले बिजुली बेचेर कमायो २५ करोड, खुद नाफा कति ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको खुद नाफामा सुधार आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १३.३२ प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आवको असोजसम्म १२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा डेढ करोड बढी हो । कम्पनीले गत वर्ष पहिलो त्रैमासमा ११ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा कम्पनीको नाफामा सुधार आएको हो । असोजसम्म कम्पनीले २५ करोड १० लाख ७६ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । जबकि गत वर्ष सोही अवधिमा २४ करोड ४० लाख रुपैयाँको बिजुली बेचेको थियो ।

यस अवधिमा कम्पनीको अन्य आम्दानी भने जम्मा ५४७ रुपैयाँ मात्र रहेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ७ करोड ४१ लाखबाट घटेर ६ करोड ४३ लाख रुपैयाँमा झरेको छ ।

हाल १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा १७ करोड १४ हजार र रिटेन अर्निङमा ४६ करोड ४७ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४६.५५ रुपैयाँ छ ।

मंसिर १० देखि २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै घलेम्दी हाइड्रो Read Previous

मंसिर १० देखि २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै घलेम्दी हाइड्रो

कामना सेवा विकास बैंकले लाभांश नदिने Read Next

कामना सेवा विकास बैंकले लाभांश नदिने