मंसिर १० देखि २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै घलेम्दी हाइड्रो

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात् १ः२ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो। सो अनुसार कात्तिक २ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन सिंगल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।

हाल ५५ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद सेयर बिक्रीपछि १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तका एउटै ग्राहकले २९ खाताबाट ऋण, प्रतिफल २५ बाट ५ प्रतिशतमा झर्‍यो Read Previous

लघुवित्तका एउटै ग्राहकले २९ खाताबाट ऋण, प्रतिफल २५ बाट ५ प्रतिशतमा झर्‍यो

माण्डु हाइड्रोपावरले बिजुली बेचेर कमायो २५ करोड, खुद नाफा कति ? Read Next

माण्डु हाइड्रोपावरले बिजुली बेचेर कमायो २५ करोड, खुद नाफा कति ?