नागरिक लगानी कोषको नाफामा सुधार, यस्ता छन् मुख्य सूचक

काठमाडौं । नागरिक लगानी कोषको नाफामा सुधार आएको छ । कोषले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपष्किृत वित्तीय विवरण अनुसार खुद नाफा १३.८२ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्म कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३ करोड २१ लाख रुपैयाँ बढी हो । गत  वर्ष पहिलाे त्रैमासमा कोषले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी २३.०३ प्रतिशत प्रतिशत बढेर १२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सेवा तथा कमिसन आम्दानी १२.१० प्रतिशत बढेर ३२ करोड ९५ लाख र कुल आम्दानी १४.६० प्रतिशत बढेर ४५ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कोषले १ खर्ब १८ अर्ब ६६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । हाल ५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २३ अर्ब ३८ करोड रुपैयाँ संचित छ ।

खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.९६ रुपैयाँ घटेर १९.९४ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.७९ रुपैयाँ छ।

उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने Read Previous

उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो, १ हजार कित्तासम्म भर्न पाइने

जलविद्युत् आयोजनालाई सडक सुधारमा सहभागी गराइने Read Next

जलविद्युत् आयोजनालाई सडक सुधारमा सहभागी गराइने