काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आज (कार्यालय समय)देखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गर्ने भएको छ ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१.१८ एफपीओ बिक्रीमा ल्याएको हो ।
लघुवित्तले संस्थापक र सर्वसाधरणको सेयर हिस्सा मिलाउन एफपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तको एफपीओमा लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ बैंकिङ लिमिटेड रहेको छ। एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।