नेपालकाे हाइड्रोपावर, पर्यटन र आईटीमा लगानी गर्न अर्थमन्त्रीकाे आह्वान

काठमाडौं । अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आह्वान गरेका छन् ।

साेमबार राजधानीमा कन्फिडिरेन्स अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री( क्यासी) काे ३७ औं सम्मेलनमा सम्बाेधन गर्दै मन्त्री महतले विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

महतले हाइड्रोपावर, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा अथाह सम्भावना भएकाले लगानी गरे राम्रो प्रतिफल प्राप्त हुने बताए ।

`नविकरणीय उर्जाकाे क्षेत्रमा लगानीकाे ठूलाे सम्भावना छ । हाइड्रोपावरमा निजी क्षेत्रले पनि लगानी गरिरहेकाे छ,´ उनले भने, ` भारतले दशहजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता गरेकाे छ । बंगलादेश पनि विद्युत खरिद गर्ने तयारीमा छ । इनर्जीकाे ठूलाे माग रहेकाले यसबाट लगानीकर्ताले पनि राम्रो प्रतिफल प्राप्त गर्न सक्छन् । त्यसैले हाइड्रोपावरमा लगानी गर्न आग्रह गर्दछु ।´

भारत लगायत विभिन्न देशबाट नेपालमा हाइड्रोपावरमा लगानी पनि भइरहेकाे उनले बताए ।
पर्यटन क्षेत्रमा पनि त्यति नै सम्भावना रहेकाे उनले बताए । `अर्को महत्त्वपूर्ण लगानीकाे क्षेत्र भनेकाे पर्यटन हाे । यसले नेपालकाे अर्थतन्त्रलाई नै ट्रान्सर्फम गर्नसक्छ,` उनले भने, ` सानाे भूगाेलमा पनि विभिन्न भाैगाेलिक विविधता र अनगिन्ती पर्यटकीय ठाउँहरू रहेका छन् ।
त्यसैले यस्ता विभिन्न क्षेत्रमा लगानी गर्न आवश्यक छ ।´

सूचना प्रविधिमा लगानी गरेर सीमा रहित विजनेश गर्न सकिने भएकाले निजी क्षेत्रले त्यहाँ पनि लगानी गर्न आवश्यक रहेकाे उनले बताए ।
`सूचना तथा प्रविधि क्षेत्र पनि लगानीका लागि महत्त्वपूर्ण छ । सफ्टवेयर निर्यातबाट ठूलाे प्रतिफल हासिल गर्न सकिन्छ , त्यसकै सहजताका लागि सरकारले बजेट मार्फत करमा सहुलियत व्यवस्था समेत गरेकाे छ,´ उनले भने ।

याे सम्मेलनले भविष्यमा बिजनेशकाे रणनीति, दिगाे लगानी र कन्फिडेन्स बढाउन भूमिका खेल्ने उनकाे भनाइ छ । नेपाल उद्याेग वाणिज्य महासंघ र
एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसनकाे आयाेजनामा सुरू भएकाे सम्मेलन दुई दिन चल्नेछ ।

१५ महिनापछि एकल अंकमा झर्‍यो बैंकको बेसरेट, कुनबाट ऋण लिँदा सस्तो पाइन्छ ? Read Previous

१५ महिनापछि एकल अंकमा झर्‍यो बैंकको बेसरेट, कुनबाट ऋण लिँदा सस्तो पाइन्छ ?

सिद्धार्थ बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

सिद्धार्थ बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन